Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन प्रेस काउन्सिललाई पत्र

१४ बिहिबार , फाल्गुण २०८२६ घण्टा अगाडि

बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन प्रेस काउन्सिललाई पत्र

गत भदौ २३ र २४ गतेको भएकाे जेनजी आन्दोलनसम्बन्धी बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ । 

आज निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै काउन्सिललाई पत्र पठाइएकाे जनाएका हुन् ।

यता बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट सार्वजनिक गरेका छन् । उक्त रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाक्रम समेटिएका डकुमेन्ट्री रिपोर्ट बनेका छन् ।

उक्त रिपोर्टमा आन्दोलनका क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दाबी गरिएको छ ।