Advertisement Banner
Advertisement Banner

१६ शनिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

प्रधानमन्त्री कार्कीसँग चीनका राजदूतको भेट

१६ शनिबार , फाल्गुण २०८२८ घण्टा अगाडि

प्रधानमन्त्री कार्कीसँग चीनका राजदूतको भेट

प्रधानमन्त्री कार्कीलाई भेटेर चीनका नव नियुक्त राजदूतले दुई देशवीचको सम्बन्ध मजबुत पार्ने विषयमा वार्ता गरेका छन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएकी छिन् । राजदूत चाङ माओमिङले दुई देशबीचको मित्रवत सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्वपूर्ण भूमिकामा कमी नआउने नेपालको विश्वास रहेको बताएकी थिइन ।
राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गरे । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहने पनि बताएका छन् । प्रम कार्यालयका अनुसार चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।