Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

१७ आइतबार , फाल्गुण २०८२७ महिना अगाडि

बढेर आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिसँगै नेपालमा पनि मूल्य बढेर आएपनि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखेकाे छ । नगमले एक सूचना जारी गर्दै उक्त जानकारी गराएकाे हाे ।  

निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि यहाँ यथावत् राखेको हाे । निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको बताइएकाे छ ।

तर, निगमले एक विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको हो ।