Advertisement Banner
Advertisement Banner

१७ आइतबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

अमेरिका र इजरायलकाे हमलामा इरानमा ठूलो मानवीय क्षति

१७ आइतबार , फाल्गुण २०८२९ घण्टा अगाडि

अमेरिका र इजरायलकाे हमलामा इरानमा ठूलो मानवीय क्षति

अमेरिका र इजरायली हमलामा परि इरानमा ठूलो मानवीय क्षति भएकाे छ । दक्षिणी इरानस्थित होर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको उक्त विद्यालयमा तीनवटा मिसाइल खस्दा १०८ जना छात्राकाे ज्यान गएकाे हाे ।

हिजाे अमेरिका र इजरायलले गरेको शृंखलाबद्ध हवाई आक्रमणमा ठूलो मानवीय क्षति भएको र इरानभर भएका पछिल्ला हवाई आक्रमणहरूमा परी मृत्यु हुनेको कुल संख्या २०१ पुगेको छ । उक्त हमलामा परि ७ सय ४७ जना घाइते भएकाे स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यस्तै उक्त आक्रमणमा परि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको इरानी सरकारी टेलिभिजनलगायतका आधिकारिक सञ्चारमाध्यमले औपचारिक पुष्टि गरेको छ । ८६ वर्षीय खामेनीको मृत्युसँगै इरान सरकारले देशभर ४० दिने सार्वजनिक शोकको घोषणा गरेको छ ।

हिजाे इरानकाे राजधानी तेहरानस्थित खामेनीको निवास वरपर शक्तिशाली विस्फोट हुनुका साथै धुवाँको मुस्लो देखिएको थियो । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनापछि इरानी नागरिकहरूका लागि ‘सत्ता आफ्नै नियन्त्रणमा लिने सुनौलो अवसर’ आएको टिप्पणी गरेका छन् ।