
आज बिहान राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई पक्राउ गरेकाे हाे ।
प्रसाईंको आफ्नै निवासबाट आज बिहान पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा राखिएको छ । यसअघि प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो ।
प्रसाईंले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए भने पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ ।


