Advertisement Banner
Advertisement Banner

१७ आइतबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

काठमाडौं २ मा कुन्ती पोख्रेलको जित सुनिश्चित

१७ आइतबार , फाल्गुण २०८२६ घण्टा अगाडि

काठमाडौं २ मा कुन्ती पोख्रेलको जित सुनिश्चित

काठमाडौं ।काठमाडौं क्षेत्र नं २ मा राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलको जित सुनिश्चित भएको राप्रपा केन्द्रीय सदस्य शशि सिलवालले बताएका छन् । समाजसेवामा राम्रो काम गरेकोले चुनाव जितेर आएका जनप्रतिनिधि भन्दा पनि लोकप्रिय उम्मेदवार कुन्तीदेवी पोख्रेल भएको जानकारी दिए। काङ्ग्रेस , एमाले, माओवादी, रास्वपा लगायतका पार्टीहरू भन्दा राप्रपाकी लोकप्रिय उम्मेदवार कुन्तीदेवी पोख्रेलको जित सुनिश्चित भएको दाबीसमेत गरेको छन् ।
स्वदेशी जडिबुटीलाई हरियो सुनको रूपमा विकास गरि जडिबुटी खेती गर्ने किसानलाई अनुदान दिई उचित बजार मूल्य र प्राविधिक सहयोग गर्ने राप्रपा उम्मेदवार कुन्ती पोख्रेलले बताईन्। स्वास्थ बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरिन् । नेपाललाई हिन्दुराज्य र संबैधानिक राजतन्त्र स्थापना गरि पुर्ण शान्ति स्थापना गर्न पहल गर्ने बताएकी छन् ।
–सुरेन्द्र बहादुर सिलवालको रिपोर्ट