Advertisement Banner
Advertisement Banner

१८ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

आजदेखि एक साता सार्वजनिक बिदा

१८ सोमबार , फाल्गुण २०८२६ घण्टा अगाडि

आजदेखि एक साता सार्वजनिक बिदा

मुलुकभर आजदेखि एक साता सार्वजनिक बिदा हुने भएकाे छ । फागु पर्व र निर्वाचनका लागि सरकारले एक साता सार्वजनिक बिदा दिएकाे हाे ।  

आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएसँगै देशभर उत्सव र निर्वाचनको छुट्टै उत्साह सुरु भएकाे छ । सरकारले फागुन १८ र १९ गते होलीका लागि सार्वजनिक बिदा दिएको छ भने लगत्तै फागुन २०, २१ र २२ गते प्रतिनिधि सभा निर्वाचनका लागि विशेष बिदा तय गरिएको छ । त्यस्तै २३ गते शनिबारको नियमित बिदा र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकाले लगातार सात दिनसम्म सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शिक्षण संस्थाहरू बन्द हुने भएका हुन् ।

एक साता लगातारको लामो बिदा र आसन्न निर्वाचनको चटारोले गर्दा संघीय राजधानी काठमाडौँबाट बाहिरी जिल्लामा जानेहरूकाे वृद्धि भएको छ । हाेली पर्व र प्रतिनिधिसभा सदस्यकाे निर्वाचन पश्चात आउँदाे फागुन २५ गते साेमबारदेखि सबै कार्यालयहरू खुल्नेछ ।