Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मध्यपूर्वका देशहरुकाे श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

१८ सोमबार , फाल्गुण २०८२७ महिना अगाडि

मध्यपूर्वका देशहरुकाे श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

पछिल्लाे समयमा मध्यपूर्वका देशहरुमा देखिएकाे समस्याका कारण नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिँदै आएको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको छ । सरकारले मध्यपूर्वका १२ वटा देशका लागि दिँदै आएको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको हाे ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्री मध्यपूर्व तथा खाडी क्षेत्रमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै श्रम स्वीकृति रोकिएको जानकारी गराएकाे हाे । अर्को निर्णय नभएसम्मका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति स्थगन गरिएको विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जनाएका छन् ।

विभागकाे सूचनाअनुसार साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति हालका लागि स्थगन गरिएकाे बताइएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले उक्त निर्णय गरिएको विभागले जनाएको छ ।