Advertisement Banner
Advertisement Banner

१८ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

१८ सोमबार , फाल्गुण २०८२४ घण्टा अगाडि

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

 

आज प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत विषयलाई लिएर सम्बाेधन गर्ने तयारी रहेकाे उनकाे प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन् ।  

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएपनि सम्बाेधनकाे तयारी भइरहेकोले समय भने तय भएको छैन । गत भदौं २३ र २४ गतेको जेनजी विद्रोह पछि अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले चुनाव गराउन लागेको हाे ।

प्रधानमन्त्री कार्की आगामी २१ गते विहीबार हुने निर्वाचनबाट आउने जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने तयारीमा रहेकी छन् ।