
नवलपरासी पूर्वमा रात्रीकालीन व्यवसाय सञ्चालनमा गर्न नपाइने छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै राति ९ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।
स्थानीय प्रशासनले एक सूचना जारी गर्दै भोलि फागुन २० गतेदेखि अर्को निर्णय नभएसम्मका लागि रात्रीकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
सूचनामा भनिएको छ, ‘यस जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरु मिति २०८२–११–१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत्पश्चात् सम्पूर्ण व्यवसायहरु बन्द गर्न गराउन सम्बन्धित सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’


