
आज बिहान काठमाडौंकाे सुकेधारा र नैकापमा गरि दुईवटा गाडीमा आगजनी भएको छ । बिहना दुईवटा सवारी साधनमा आगजनी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जनाएका छन् ।
प्रहरी परिसरका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको बताइएकाे छ । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि बिहान ३ बजेतिर गाडीहरूमा आगजनी गरिएको हाे ।
प्रहरीले मौनअवधि सुरू भएपछि गाडीहरूमा आगजनी हुनु निर्वाचन बिथोल्ने उद्देश्यले गरिएकाे हुन सक्ने आशंका गरेको छ ।


