Advertisement Banner
Advertisement Banner

२० बुधबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?

१९ मंगलबार , फाल्गुण २०८२१८ घण्टा अगाडि

आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल,तरकारी फलफूल तथा तरकारी कृषिउपजको थोक मूल्य यसप्रकार निर्धारण गरेको छ । समितिले आजका लागि गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ ताेकेको छ ।त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ४५ रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ८० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ८५ रुपैयाँ कायम गरिएको छ ।

समितका अनुसार मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ९० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, तिते करेला प्रतिकिलो १८० रुपैयाँ, घिरौँला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ र स्कुस प्रतिकिलो ६०रुपैयाँ कायम ताेकिएको छ । त्यस्तै रायोसाग प्रतिकिलो २५ रुपैयाँ, पालुङ्गो प्रतिकेजी ४० रुपैयाँ, चमसुर प्रतिकिलो ५० रुपैयाँ, तोरीसाग प्रतिकिलो २५ रुपैयाँ, मेथी प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो ४५रुपैयाँ, तरुल प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ ।

आजका लागि स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १९० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २१० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो १५० रुपैयाँ, जुनार प्रतिकिलो १२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो २२० रुपैयाँ, किनु प्रतिकिलो १३० रुपैयाँ, स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी प्रतिकिलो ३५० रुपैयाँ र एभोकाडो प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, अमला प्रतिकिलो १२० रुपैयाँ, अदुवा प्रतिकिलो १२० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४३० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो २०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १९० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ८० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ८०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, हरियो लसुन प्रतिकिलो ६० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ५० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ समितिले निर्धारण गरेको छ ।