Advertisement Banner
Advertisement Banner

२५ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

आंशिक बादल सहित एक–दुई स्थानमा वर्षा र हिमपात

२४ आइतबार , फाल्गुण २०८२एक दिन अगाडि

आंशिक बादल सहित एक–दुई स्थानमा वर्षा र हिमपात

आज मुलुकभर साधारणतया बादल लाग्ने जल तथा माैसमा विज्ञान विभागले जनाएकाे छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्ने बताएकाे हाे ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने बताइएकाे छ ।

तराईका केही स्थानहरूमा बिहान हुस्सु लागेकाे र दिउँसो आंशिक बादल लाग्ने छ भने राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी  तथा हिमाली भू–भामामा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी तथा हिमाली  भू–भागमा आंशिक बादल लाग्ने विभागले जनाएकाे छ ।

त्यसैगरि कोशी र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा बागमती प्रदेशको  पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे छ ।