Advertisement Banner
Advertisement Banner

२५ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

आइसिसी ट्वान्टी २० विश्वकप उपाधि भारतले जित्याे

२५ सोमबार , फाल्गुण २०८२६ घण्टा अगाडि

आइसिसी ट्वान्टी २० विश्वकप उपाधि भारतले जित्याे

आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारतले उपाधि जितेकाे हाे ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ५५ रनको योगफल बनाएको थियो । भारतले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १ सय ५९ रन बनाउँदा ९६ रनले पराजित हुन पुगेकाे हाे ।

न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्टले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट हुँदा २६ बलको सामना गरेका उनले २ चौका तथा ५ छक्का प्रहार गरेका थिए । कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन बनाएका थिए ।

भारतका लागि जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिएका थिए । न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो ।

ट्वान्टी २० विश्वकपको लगातार दोस्रो पटक उपाधि जित्ने भारत पहिलो राष्ट्र बनेको छ भने भारत तेस्रो पटक विश्व विजेता बनेकाे हाे ।