
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजाे आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँ काराेबार भएको महासंघले जनाएको छ । हिजाे चाँदी प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।


