Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

आंशिक बदलीसँगै चट्याङ्ग सहित वर्षा र हिमपातको सम्भावना

२६ मंगलबार , फाल्गुण २०८२९ घण्टा अगाडि

आंशिक बदलीसँगै चट्याङ्ग सहित वर्षा र हिमपातको सम्भावना

अहिले मुलुकभर पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण माैसम बदली भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त प्रणालीकाे प्रभावका कारण माैसममा असर परेकाे हाे ।

यतिबेला कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको पनि महाशाखाले जनाएकाे छ । दिउँसाे उक्त प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो देशभर साधरणतया बादल लाग्नेछ भने पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । त्यसैगरि आज राति देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।