Advertisement Banner
Advertisement Banner

२७ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सुनचाँदीको मूल्य बढ्यो

२६ मंगलबार , फाल्गुण २०८२२ महिना अगाडि

सुनचाँदीको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दैनिकजसो तलमाथि भइरहने सुनचाँदीको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला ३ लाख १७ हजार रुपैयाँ पुगेको छ । हिजो प्रतितोला सुन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ३ सय १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।