Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषण बढ्यो

२६ मंगलबार , फाल्गुण २०८२५ घण्टा अगाडि

उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषण बढ्यो

काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागमा पछिल्ला केही दिनदेखि वायु प्रदूषण बढेको छ । स्थानीय हावा र वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा तुवाँलो लागेको छ ।

देशका विभिन्न भागमा देखिएका वन डढेलोको कारण वायु प्रदूषण बढेर तुवाँलो लागेकाले यसलाई हटाउन तीव्र हावा वा भारी वर्षा आवश्यक पर्ने मौसमविद्हरुले बताएका छन् । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान १० बजे काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २१३ रहेको बताइएको छ ।

एक्यूआई १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ भने २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । यसरि हेर्दा अहिले काठमाडौंको वायु गुणस्तर इन्डेक्स २१३ हुनुलाई निकै अस्वस्थ मानिएको र वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

यसरि आज वायु प्रदूषणको समग्रमा संसारकै अस्वस्थ शहरमध्ये पहिलो स्थानमा भारतको दिल्ली रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।