Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नवलपरासीमा ५ वटा सवारीसाधन ठाेक्कियाे ८ जना घाइते

२७ बुधबार , फाल्गुण २०८२५ महिना अगाडि

नवलपरासीमा ५ वटा सवारीसाधन ठाेक्कियाे ८ जना घाइते

गएराति नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा ५ वटा सवारीसाधन एकापसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्नेकाे विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक उक्त दुर्घटना भएकाे हाे ।

सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको कन्टेनरले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा सवारीसाधन एकापसमा ठोक्किएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जनाएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६, का ३० वर्षीय अमर कार्की र सोही मोटरसाइकल सवार रास्कोट–७, का २५ वर्षीय महेन्द्र महतारा घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

अर्काे एउटा बसमा सवार छ जना घाइते भएका छन् । घाइते हुनेहरूमा रोल्पा स्मृति गाउँपालिका–४, का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२, का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४, लिवाङका उदीराम विष्ट, धरान–१५, का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२, का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७, का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन् ।

दुर्घटनाका कारण अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ भने घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ भने दुर्घटनामा संलग्न कन्टेनर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।