Advertisement Banner
Advertisement Banner

२७ बुधबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

२७ बुधबार , फाल्गुण २०८२२ घण्टा अगाडि

प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत चैत १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ६ जनाको नाम सिफारिस गरेकाे छ । न्यायपरिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको हाे ।

संविधान तथा कानुनअनुसार योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरिएकाे परिषद्ले जनाएको छ । परिषद्का अनुसार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम भावी प्रधानन्यायाधीशका लागि पठाइएको बताइएकाे छ ।

न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था अनुसार उनिहरूकाे नाम सिफारिस गरिएकाे हाे भने सामान्यतया वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा नियुक्त हुने प्रचलन रहेकाे छ ।

संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ । यता प्रधानन्यायाधीश राउतले चैत १८ गतेदेखि ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् ।

२०१७ मा जन्मिएका  वर्तमान प्रधानन्यायाधीश राउतले १८ चैतदेखि ६५ वर्षे उमेरहदका कारण अवकाश पाउँदै छन्।