Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बीमाको औषधि किन्न नलगाउन चेतावनी

२७ बुधबार , फाल्गुण २०८२६ महिना अगाडि

बीमाको औषधि किन्न नलगाउन चेतावनी

स्वास्थ्य बीमा बोर्डले बीमा सेवा प्याकेजमा उपलब्ध हुने औषधि तथा सामग्री बीमितलाई किन्न नलगाउन निर्देशनयुक्त चेतावनी दिएको छ । कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री सोही संस्था तथा बाहिरबाट नगदमा किन्न लगाएको गुनासोपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै यस्ता गतिविधि नगर्न र प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न अनुरोध गरेको छ । साथै, अनुगमनका क्रममा नियमविपरीत कार्य भएको पाइएमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

‘उक्त विषयहरु स्वास्थ्य बीमा ऐन २०७४, नियामावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिको विपरीतका गतिविधि हुन्,’ बोर्डले भनेको छ, ‘अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम हुने व्यहोरा सूचित गराइन्छ ।’