Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

आज निर्वाचन प्रहरीहरुको बिदाई गरिँदै

२८ बिहिबार , फाल्गुण २०८२४ घण्टा अगाडि

आज निर्वाचन प्रहरीहरुको बिदाई गरिँदै

यहि फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको बिदाई गरिँदैछ । निर्वाचभनका लागि भर्ना गरिएकाे उनिहरूकाे ४० दिनकाे समय अवधि समाप्त भएकाले आज बिदाई गर्न लागिएकाे हाे ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेलेका अनुसार उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गर्न लागिएकाे बताइएकाे छ । साथै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको पनि बताएका छन् ।  

यसवर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० जना गिर कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो । दुवै सुरक्षा मातहत रहेका निर्वाचन प्रहरीकाे आजै विदाई गर्न लागिएकाे हाे ।

निर्वाचन सुरक्षाका लागि खटिएका उनिहरुले पाउनुपर्ने पारिश्रमिक र सेवासुविधा वाफतको रकम खातामा पठाइसकिएको छ ।