
आज देशभरकाे माैसम बदली भइरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्नुका साथै बाँकी भागमा आंशिक बादल लाग्ने बताइएकाे छ ।
महाशाखाले आज दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे बताएकाे छ ।
राति देशकाे पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल लाग्नुका साथै कोशी, बागमती र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।


