Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा

२८ बिहिबार , फाल्गुण २०८२३ घण्टा अगाडि

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त पालिकामा फैलिएकाे दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जनाएका छन् ।

संघ, प्रदेश र स्थानीय स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको ७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमित पुष्टि भएको थियाे भने हाल नगरपालिकामा ७४ जना शङ्कास्पद बिरामी रहेकाे बताइएकाे छ ।

अहिले १४ नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यहि फागुन २९ गतेदेखि चैत १ गतेसम्म ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाभित्र विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका र १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब ७ हजार जनालाई दादुराविरुद्धको खोप लगाइने तयारी गरिएकाे हाे ।