Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थाल्याे

२८ बिहिबार , फाल्गुण २०८२५ महिना अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थाल्याे

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमका कारण विश्वव्यापी पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ । छिमेकी देशहरुमा झैँ नेपालमा पनि ग्यासको अभाव देखिन थालेको हाे ।

यसअघि भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलिय पदार्थ र ग्यासको अभाव देखिएको भएपनि नेपालमा अहिले यसको  प्रभाव देखिन थालेको छ । 

नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताए पनि ग्यास बिक्री डिपोहरूले कृतिम अभाव सृजना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन लाग्न थालेको हाे ।

सर्वसाधारणले ग्यास डिपोहरूमा ग्यास अभाव भएको र ग्यास नदिउका कारण सिलिन्डर बोकेर बालाजु आउन परेको बताएका छन् । यसअघि ग्यासकाे अभाव नभएपनि डिपोहरूले कृतिम अभाव सृजना गरेकाले बजारमा ग्यासकाे अभाव देखिएकाे हाे ।

यता सिरहामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गरेर उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकममा ग्यास बेचेकाे जनगुनासो बढेको थियाे ।