Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना

२९ शुक्रबार , फाल्गुण २०८२९ घण्टा अगाडि

देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना

मुलुकभर नेपालमा तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभावका कारण आएको माैसमी फेरबदलका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपातकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे बताइएकाे छ ।

आज दिउँसो कोसी प्रदेश लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली हुनुका साथै कोसी , वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ । त्यसैगरि कर्णाली, सुदूरपश्चिम, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा पनि छिटफुट वर्षा र हिमपातकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएको छ ।

आज राति कोसी , वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने छ । हिजाे चितवन र गोरखा लगायतका जिल्लामा भारी वर्षा भएको थियो भने अन्य स्थानमा पनि वर्षा भएकाे महाशाखाले जनाएकाे छ ।