Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ शुक्रबार , फाल्गुण २०८२९ घण्टा अगाडि

एमाले अध्यक्ष ओलीलाई पितृशोक

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ । आज बिहान ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुरस्थित नेपाल-कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएकाे हाे । लामो समयदेखि स्वास्थ्य समस्याका कारण अस्वस्थ रहेका ओलीको स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना गरिएको थियाे ।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको र उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएकाे छ ।