Advertisement Banner
Advertisement Banner

०१ आइतबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

ग्यास र पेट्राेलियम पदार्थकाे कृत्रिम अभाव सिर्जना गरे कारबाही

३० शनिबार , फाल्गुण २०८२६ घण्टा अगाडि

ग्यास र पेट्राेलियम पदार्थकाे कृत्रिम अभाव सिर्जना गरे कारबाही

खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने भएकाे छ । काठमाडौँ महानगरपालिकाले ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गरि कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको हाे ।  

ग्राहकलाई ग्यास हुँदाहुँदै छैन भनेर नदिने र अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने र इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै पनि तेल छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको महानगरकाे प्रशासन विभागका प्रमुख महेश काफ्लेले जनाएका छन् ।

काफ्लेले भने ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डर रु ९५५ तोकेको र उक्त मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ ।’

उनले उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उल्लेख गर्दै ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पर्ने बताएका छन् । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको बताउँदै काफ्लेले प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्ने उल्लेख गरेका छन् ।

यता भारतबाट आउने ग्यास अहिलेसम्म नियमित आइरहेकाले सञ्चितिका लागि ग्यास माग नगर्न उपभोक्तासँग ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले आग्रह गरेका छन् ।