Advertisement Banner
Advertisement Banner

०१ आइतबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

दर्शनार्थी लिएर फर्केको ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

०१ आइतबार , चैत्र २०८२७ घण्टा अगाडि

दर्शनार्थी लिएर फर्केको ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

हिजाे मनकामना दर्शन गरेर दर्शनार्थी लिएर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको  ईभी माइक्रो दुर्घटना भएकाे हाे ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३, मा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त माइक्राेमा भारतीय नागरिक सवार रहेका थिए ।

माइक्रोमा कम्तीमा १४ जना सवार रहेकोमा ७ जनाको मृत्यु भएको र ७ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । चालक  हाम फालेर बाच्न सफल भएको उक्त दुर्घटनामा चालक र सहचालक मात्र नेपाली रहेकाे प्रहरीले बताएकाे छ ।

उक्त माइक्राेम सबै भारतीय नागरिक मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेला दुर्घटनामा परेको थियाे । दुर्घटना पछि स्थानीय र प्रहरीको समन्वयमा उद्धार गरिएको बताइएकाे छ ।