Advertisement Banner
Advertisement Banner

०१ आइतबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

वन कार्यालयले १ लाख जनलाई रोजगारी दियाे

०१ आइतबार , चैत्र २०८२४ घण्टा अगाडि

वन कार्यालयले १ लाख जनलाई रोजगारी दियाे

नवलपरासीकाे बर्दघाट सुस्ता पश्चिममा डिभिजन वन कार्यालयले १ लाख कामदारलाई रोजगारी दिएकाे छ । कार्यालयले १ लाख कामदारलाई अस्थायी रोजगारी दिएको हाे ।

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, वन नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न १ लाख जनालाई  रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जनाएका छन् ।

कामको प्रकृतिअनुसार प्रति कामदारलाई दैनिक ६५० देखि १ हजारसम्म ज्याला दिइएको छ भने जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको पनि प्रमुख क्षेत्रीले जानकारी दिएका छन् ।