Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

समानुपातिक सांसदमा कुन दलबाट काे-काे परे ?

०२ सोमबार , चैत्र २०८२६ महिना अगाडि

समानुपातिक सांसदमा कुन दलबाट काे-काे परे ?

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकाे समानुपातिकतर्फकाे बन्दसूची दलहरुले निर्वाचन आयोगमा बुझएका छन् । निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् ।

आयोगले दलहरुलाई बन्दसूचीको नाम बुझाउन हिजाे आइतबारसम्मको समय अवधि दिएको थियो । आयाेगले दिएकाे समयसीमा भित्र ६ वटै राजनीतिक दलहरूले समानुपातिककाे सूची बुझाएका छन् । समानुपातिककाे सूची बुझाउने दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

उक्त ६ राजनीतिक दलहरुबाट समानुपातिक सांसदका लागि सिफारिस भएका ११० जनाकाे बन्दसूची यसप्रकार रहेकाे छ :

रास्वपाका समानुपातिक सांसदहरू

प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल, रमेश प्रसाईँ, बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा  रहेका छन् ।

त्यसैगरि अन्य समानुपातिक सदस्यमा पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण,रीमा विश्वकर्मा अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक,गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी,समिना मिया, अफ्साना बानु, गलाजा शमीम मिकरानी रहेका छन् ।

कांग्रेसका समानुपातिक सांसदहरु

सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसी, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल,गीता गुरुङ,रेनुका काउचा,सुनिताकुमारी सुवेदी, भीष्मराज आङ्देम्बे, निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव, हरिनादेवी कामी, पवित्रा विक, मानबहादुर नेपाली, प्रमिलाकुमारी गच्छदार र शाहजान खातुन रहेका छन् ।

एमालेका समानुपातिक सासदहरू

भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल,टुकाभद्रा हमाल,एशुदा कुमारी बराल, गुरु प्रसाद बराल, पुष्पराज कंडेल, कृपाराम राणा, विष्णुमाया वी.के., नीता घटानी, रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र साजिदा सिद्दीकी रहेका छन् ।

नेकपाका समानुपातिक सांसदहरू

बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा समानुपातिकमा छनाैट भएका छन् ।

श्रम संस्कृति पार्टीका समानुपातिक सांसदहरु

रुबीकुमारी ठाकुर,अम्बिका सङ्ग्रौला,राधिका रम्तेल र पूर्ण लिम्बू रहेका छन् ।

राप्रपाका समानुपातिक सांसदहरू

भरत गिरी, ताहिर अली, खुश्बु ओली र सरस्वती लामा समानुपातिकमा परेका छन् ।