Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

आज पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने

०३ मंगलबार , चैत्र २०८२१४ घण्टा अगाडि

आज पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने

अहिले मुलकभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले माैसममा परिवर्तन आएकाे छ । जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेकाे छ ।

त्यसैगरि अहिले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे बताइएकाे छ । त्यस्तै उक्त प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज राति गण्डकी, कर्णाली, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नुका साथै बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएकोछ ।