Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

प्रहरी समाचार

०३ मंगलबार , चैत्र २०८२१४ घण्टा अगाडि

प्रहरी समाचार

जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने निम्न २ जनालाई रु. १,१६,००,०००।- (अक्षरेपि एक करोड सोह्र लाख) रुपैयाँ नगद लगायत निम्न दसीका सामानहरू सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको । 

पक्राउ व्यक्तिको विवरण

१. जिल्ला काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा घर बस्ने वर्ष २८ को सागर गिरी ।

२. ऐ. बस्ने वर्ष २८ को प्रमोद प्रसाद धिताल । 

‍बरामद  दसीका सामानहरू

१. विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान - ३ 

२. विभिन्न व्यक्तिको नाममा काटेको रु. २७ लाख ३० हजार रुपैयाँको चेक थान - ३ 

३. विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान  ४ 

४. नागरिकता थान - १ 

५. चार पाङ्ग्रे सावरी साधन - २ 

६. दुई पाङ्ग्रे सवारी साधन - १ 

७. सवारी दर्ता किताब थान - ३ 

८. विभिन्न कम्पनीको मोबाइल फोन थान - ६ 

९. NCELL र NTC को SIM Card थान - ३१ 

१०. Computer सेट - १ 

११. Bianace खातामा रहेको रकम 7,175.34 USDT