
काठमाडौं, २ चैत, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले नेपाल प्रहरीको नियमित बजेटबाट नयाँ निर्माण हुने आसरा सुधार केन्द्र, रानीबारीको कार्यालय तथा ब्यारेक भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आसरा सुधार केन्द्रका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, २ चैत, झापा, दमक नगरपालिका(५ बस्ने २४ वर्षीय मोहन यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका(७ दुधे बस्ने ३६ वर्षीय लाख बहादुर योंङहालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे।६ प ७७२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका(१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहवी नगरपालिका(२ बस्ने २१ वर्षीय सुशान्त चौधरी र दुहवी नगरपालिका(१० बस्ने २५ वर्षीय मेराज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १(०२(०५३ प ५८२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका(६ ढलान रोडबाट मोरङ कानेपोखरी गाउँपालिका(७ बस्ने ३४ वर्षीय सुरेन्द्र जिमीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ९० मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरेको छ ।
दाङ, लमही नगरपालिका(९ अमिलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ८० मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका(७ बस्ने ४१ वर्षीय सिद्धिमान पौड्याल, बर्दिया राजापुर नगरपालिका(६ बस्ने ३० वर्षीय श्याम चौधरी, बर्दिया गुलरिया नगरपालिका(४ तुलसीपुर बस्ने ४० वर्षीय चुडामणि बिसी र बर्दिया राजापुर नगरपालिका(६ बस्ने २५ वर्षीय गौरव चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बर्दिया शान्तिबजारबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०१(००६ ख ६२६२ नम्बरको बसलाई तलासी गर्दा डिक्कीबाट उक्त पदार्थ फेला पारी चालक सिद्धिमान र श्याम, बस साहु चुडामणि तथा बसका सहचालक गौरवलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका ११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही नगरपालिका १० जिमुवा बस्ने २८ वर्षीय दिपेन्द्र जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका १६ चालिसकिलो जंगलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४४ एम्पुल, फेनारगन ४४ एम्पुल र नोर्फिन ४४ एम्पुल सहित दोलखा मेलुङ गाउँपालिका(१ बस्ने २७ वर्षीय केउर उप्रेतीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उप्रेतीलाई पक्राउ गरेको हो ।
६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ
काठमाडौं, २ चैत, ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका(५ सितापाईला बस्ने काठमाडौं महानगरपालिका २४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानुनी तवरले निक्षेपकर्ता एवम् संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ कसूरमा संलग्न रहेको हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमशस् १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रूपैयाँ ३९ पैसा जरिवाना, ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रूपैयाँ ५१ पैसा जरिवाना तथा ३ वर्ष कैद सजाय ठहर गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका(५ सितापाईलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, २ चैत, संखुवासभा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका(३ बस्ने २० वर्षीय दावा शेर्पालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुर, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका(५ भोर्ले बस्ने ३५ वर्षीय भेष बहादुर श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भेष बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


