
आज एक औपचारिक कार्यक्रममार्फत शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
सर्वसाधारणका लागि फागुन १७ देखि २६ गतेसम्म आईपीकाे आवेदन खुलाइएको थियो । गोलाप्रथाबाट १ लाख ८४ हजार २ सय ६० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । स्वीकृत आवेदनमध्ये २४ लाख ६६ हजार ५ सय ८७ आवेदकको हात खालि भएको छ ।
उक्त आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिने बताइएकाे छ भने आईपीओमा २६ लाख ८७ हजार ३ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा २६ लाख ५० हजार ८ सय ४७ स्वीकृत भएको थियो ।


