Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आज घोडेजात्रा पर्व मनाइँदै

०४ बुधबार , चैत्र २०८२६ महिना अगाडि

आज घोडेजात्रा पर्व मनाइँदै

आज चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा विशेष कार्यक्रमका साथ घोडेजात्रा पर्व मनाइँदैछ । काठमाडाैँकाे टुँडिखेलमा नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गरि याे पर्व मनाउने गरिन्छ ।

त्यसैगरि ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेकाे छ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता याे पर्व मनाउने परम्परा रहेकाे छ ।

कुनै समयमा टुँडिखेलको पूर्व–दक्षिणमा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र पीडित स्थानीयले विभिन्न उपाय अपनाएर त्यसलाई संहार गरेपछि राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहेका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास मान्यता रहेकाे पाइन्छ ।

त्यसपछि शहरका कुनै पनि बालबालिकालाई खतरा नहोस् भनी आजकै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिइन्छ भने त्यसो गर्दा वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास समेत रहेकाे छ ।

घोडेजात्राकाे अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।