Advertisement Banner
Advertisement Banner

०४ बुधबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

राेकिएकाे श्रम स्वीकृति खुल्याे

०४ बुधबार , चैत्र २०८२११ घण्टा अगाडि

राेकिएकाे श्रम स्वीकृति खुल्याे

पश्चिम एसियामा विकसित युद्धका कारण राेकिएकाे श्रम स्वीकृति खुलेकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे हाे ।

हिजाे भएको उक्त निर्णयले ती देशबाट नेपाल आउन चाहने र बिदामा आएर फर्कन चाहने नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुला भएको हाे । श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृत स्थगित कायमै राखेकाे बताइएकाे छ ।