
आजदेखि शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल प्रतियाेगिता सुरु भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा उक्त प्रतियाेगिता सुरु भएकाे हाे ।
ललितपुरको च्यासल मैदानमा बिहान ११ बजे खेल सुरु भएकाे एन्फाले जनाएको छ । लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरि आज दिउँसो ३ बजे हुने दाेश्राे खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।
लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लव र त्रिभुवन आर्मी क्लब सहभागी हुने छन् ।
एन्फाका अनुसार आजदेखि सुरु भएर वैशाख १२ गतेसम्म ललितपुरको च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोविनका आधारमा हुने बताइएको छ ।


