Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

०४ बुधबार , चैत्र २०८२५ महिना अगाडि

एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौंबाट शव लिएर गएकाे एअर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना परेको छ । हेलिकप्टर खोटाङकाे केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा हेलीकप्टर दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार हेलिकप्टर दुर्घटनामा मानवीय क्षति नभएको जानकारी गराइएकाे छ । हेलिकप्टर बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको पिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले जनाएका छन् ।

शुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलिकप्टरलाई बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको थियाे भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।