
कैलालीमा श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका छन् । कैलालीकाे गोदावरी नगरपालिका–४, अमलेशैनी गाउँमा ३१ वर्षीय श्रीमान रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएको समयमा २८ वर्षीया श्रीमती संजिता मगरको गोली हानी हत्या गरेका हुन् ।
घरायसी विवादका कारण रामबहादुरले श्रीमतीलाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्रीमतीको हत्या पछि रामबहादुरले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीले जनाएकाे छ ।
आफैले हानेकाे बन्दुककाे गाेलीले घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने मृतक संजिताको शव घटनास्थलमै रहेको र माइती पक्ष आएपछि मात्रै शव उठाइने प्रहरीले बताएको छ ।


