
मिति २०८२।१२।०५ गते जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ६ शरणपुर चोक नजिक एक होटेलमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्ने क्रममा लुकाइ छिपाई राखेको अवस्थामा निम्न परिमाणको लागु औषध गाँजा र पोलेन प्लास्टिकले बेरि लुकाई छिपाई राखिएको अवस्थामा फेलापारी उक्त लागु औषध सहित निम्न २ जनालाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको ।
पक्राउ परेका मानिसहरू
१। जिल्ला मकवानपुर, कैलाश गाउँपालिका २ घर भएको वर्ष २७ को देवराज घिसिङ
२। ऐ. घर भएको वर्ष ४३ को अष्तमराज घिसिङ
बरामद लागु औषध
१। पोलेन जस्तो देखिने लागु औषध ७३ केजी
२। गाँजा जस्तो देखिने लागु औषध २.५ केजी
अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं, ५ चैत । काठमाडौं, नागार्जुन नगरपालिका ६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा होटलबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु ७३ किलोग्राम र गाँजा जस्तो देखिने वस्तु २ किलो ५ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटलका संचालक काठमाडौं महानगरपालिका १५ बस्ने मकवानपुर घर भएका २७ वर्षीय देवराज घिसिङ र मकवानपुर कैलाश गाउँपालिका २ घर भएका ४३ वर्षीय अष्तमराज घिसिङ रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका १४ ढोरपुर बस्ने ४२ वर्षीय हरिराम चमारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी हवल्दारपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले चमारलाई उनकै घर नजिकैबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित १६ जना पक्राउ
काठमाडौं, ५ चैत । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो २ सय २० ग्राम सहित भारतीय नागरिक ३८ वर्षीय थ्ब्क्क्ष्ल् क्ग्द्यज्ब्ल् त्तग्च्भ्क्ज्क्ष्लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
काठमाडौं महानगरपालिका ३२ नरेफाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम सहित धनुषा विदेह नगरपालिका(२ घर भएका २८ वर्षीय सन्तोष झा लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका ७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम र नगद २७ हजार १ सय रूपैयाँ सहित भारत सिट्टी बर्दाह १३ बस्ने ३५ वर्षीया सल्मा खातुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नुवाकोट, बिदुर नगरपालिका १ त्रिशुलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १ हजार ६ सय ३२ ट्याब्लेट, नाईट्राभेट १ सय ३५ ट्याब्लेट र नगद ३९ हजार ६ सय रूपैयाँ सहित सोही नगरपालिका १३ बस्ने १९ वर्षीय राजु तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका १ त्रिशुली बस्ने २८ वर्षीय प्रबेश तामाङको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार प्रबेशको खोजी गरिरहेको छ ।
कास्की, पोखरा महानगरपालिका २७ सैनिकबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७ सय २१ एम्पुल, नोर्फिन ३ सय ७७ एम्पुल, फेनारगन ३ सय ३४ एम्पुल र नगद ९३ हजार ५ सय रूपैयाँ सहित सोही ठाउ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका(१५ अक्कलघरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त लागूऔषध खरिद गर्न आएका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १२ भावर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका १८ गाउँबेसी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष घर्ती मगर समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


