Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

सय महिलाहरुलाई किट व्याग

०६ शुक्रबार , चैत्र २०८२४ घण्टा अगाडि

सय महिलाहरुलाई किट व्याग

बैजनाथका सय महिलाहरुलाई किट व्याग प्रदान नेपालगञ्ज, चैत्र ५ गते बाँकेको बैजनाथ गाउँपालिकाका एक सय जना महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ । एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्रि भएको किट व्याग प्रदान गरिएको हो । सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी बैजनाथ गाउँपालिका बाँकेकी उपाध्यक्ष निर्मला रोकायले महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने स्वस्थ सामाग्रि प्रदान गर्नु महत्वपूर्ण रहेको बताईन् । महिलाहरु बिभिन्न रोगबाट पीडित छन् –रोकायले भनिन्–महिनावारी हुँदा प्रयोग गर्ने अस्वस्थ्कर प्याडहरुले महिलाहरुलाई बिभिन्न रोगबाट पीडित बनाउन सक्छ, तसर्थ गुणस्तरिय प्याडहरु प्रयोग गर्नुहोस् । उनले पालिकाबाट बर्षेनि सेनेटरी प्याड बितरणका नाममा लाखौं रकम खर्च गरेको उल्लेख गर्दै एक पटक लगानी गरेर लामो समय प्रयोग गर्न मिल्ने गुणस्तरिय कपडाको प्याड बितरणका लागि आगामी दिनमा योजना बनाउने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष रुप बहादुर मल्लले महिलाहरुबाट माग भएमा पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन तथा बितरणका लागि बजेट बिनियोजन गर्ने बताए । कार्यक्रममा साना किसान सहकारी संस्था चिसापानीकी अध्यक्ष मालती शाह, निबर्तमान अध्यक्ष एकता शाह लगायतले बोलेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन महासचिव कल्पना अधिकारीले गरेकि थिईन् । कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर १ को सुतैया, च्यामा, गाभर, चिसापानी लगायत बिभिन्न टोलका महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरेका थिए । कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए । फ्रिडम किट व्याग प्राप्त गरिसकेपछि प्रतिकृया दिदै च्यामाकी लक्ष्मी बुढाले खुशी व्यक्त गर्दै महिनावारी स्वच्छदाका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी भएको बताईन् । 

के हो फ्रिडम किट व्याग भनेको  महिलाहरु महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरु रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड ईन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर प्रुफ पर्स लगायत पेन्टि, साबुन रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरुको पाठेघर खस्ने र क्यान्सर समेत हुने र बाताबरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भईरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरुको भनाई रहेको छ । यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्न गर्दछ ।

 पाटेघरको क्यान्सर र बाझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट व्याग्स उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ । पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार बर्ष सम्म नकुहिने, बाताबरण प्रदुषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग बाताबरण मैत्री छ । यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका ब्यक्तिहरुको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत बर्ग समुदायलाई प्राथमिकतामा राखेर बितरण निःशुल्क बितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा १५ सय पर्न जान्छ । जुन ३ बर्ष सम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।