Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कारु सुर्खेतका युवा कथाकारलाई

०६ शुक्रबार , चैत्र २०८२४ घण्टा अगाडि

विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कारु                  
सुर्खेतका युवा कथाकारलाई

काठमाडौं । नेपाली वाङ्गमयको श्रीबृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले यस वर्षको ुविश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ । 
  एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको यस पुरस्कारमा देश(देशावरबाट प्राप्त लघुकथाको पाण्डुलिपि मध्यबाट छनौट भएको एक उत्कृष्ठ पाण्डुलिपिलाई पुस्तकका रूपमा प्रकाशित गरिन्छ । सोही अनुसार यस वर्ष पुरस्कृत हिमा रोकाको पाण्डुलिपि, पुस्तकका रूपमा प्रकाशित भै यही चैत २५ गते काठमाडौं मा सम्पन्न हुने एपेक नेपालको २७औ वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने कुरा सस्थाले जनाएको छ। 
   सर्जक हिमा रोका प्रतिज्ञाको नामबाट साहित्य सिर्जना गर्छिन् । पिता चन्द्रबहादुर रोका र माता निमकला रोकाकि सुपुत्री हिमा घुमखहरे सुर्खेतमा जन्मिएकि हुन् । 
   हाल गुर्भाकोट नगरपालिका, मेहेलकुना सुर्खेमा बस्दै आएकी हिमा लघुकथासँगै गजल, मुक्तक, टुक्का कविता र झिल्कामा कलम चलाउँछिन् ।
   गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ अघिल्लो वर्ष सुदूर पश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’लाई प्रदान गरिएको थियो ।