Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

०६ शुक्रबार , चैत्र २०८२६ महिना अगाडि

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

हालै सम्पनन प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत निर्वाचित सांसदहरुकाे सपथ यहि चैत १२ गते हुने भएकाे छ । उक्त दिन प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई उपस्थित हुन संसद सचिवालयले सार्वजनिक सूचना जारी गरेको छ ।

संसद सचिवालयले चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य ल्याउन पनि सुचित गरेकाे छ ।

निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गर्दै सचिवालयले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरेकाे छ ।

त्यस्तै सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ–आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ ।