Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

जेनजी आन्दोलनका घाइतेकाे अन्तिम वर्गीकरण चैत २० गते

०६ शुक्रबार , चैत्र २०८२११ घण्टा अगाडि

जेनजी आन्दोलनका घाइतेकाे अन्तिम वर्गीकरण चैत २० गते

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुकाे अन्तिम वर्गीकरणका चैत २० गते हुने भएकाे छ । जेनजी आन्दोलनका घाइते व्यक्तिको अन्तिमपटक वर्गीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको हाे ।

यसअघि जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरेकाे थियाे । उक्त वर्गीकरणका समयमा विविध कारणले उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते हुन लागेकाे हाे ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै चैत २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन आन्दोलनका घाइतेलाई आग्रह गरेको छ ।