
अहिले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा हावाहुरी, असिना र चट्याङसहित वर्षा भएको छ । काठमाडौं उपत्यकासहित बुटबल, अर्घाखाँची, ओखलढुंगालगायत देशका विभिन्न भू–भाग दिउँसै अन्धकार जस्ते बनेको छ ।
भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यता मौसम विभागले पनि कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग, असिना, हावाहुरी सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताएको थियो ।
विभागले कोशी र मधेस प्रदेको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरे अनुसार देशभर बर्षा भएको हो । लामाे समयपछि परेकाे वर्षाका कारण वायु प्रदुषण कम हुनेछ भने किसानलाई राहत मिलेको छ ।


