Advertisement Banner
Advertisement Banner

०८ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति सुरु

०८ आइतबार , चैत्र २०८२११ घण्टा अगाडि

धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति सुरु

अरनिको राजमार्गअन्तर्गतकाे धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति सुरु भएकाे छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्य गर्नका लागि हिजाे शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेर काम सुरु गरेकाे हाे ।

उक्त सडकखण्ड निर्माण व्यवसायीको लापरवाहीका कारण लामाे समयदेखि रोकिएको काम विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएकाे हाे । हिजाे चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म यातायातका साधान बन्द गरेर कलोपत्रे गर्न लागिएकाे हाे ।

उक्त सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिने बताइएकाे छ । सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने छ ।

धुलिखेल–खावा सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपाल-चीन जाेड्ने सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडक हाे । लामाे समयदेखि उक्त सडक खण्ड नबन्दा उक्त सडक भइ चल्ने सवारी साधन र यात्रुले सास्थी भाेग्दै आएका थिए ।

अहिले सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडक बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।