
गएराति पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा परि ४ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परि शीतगङ्गा-४, सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, तानसेन नगरपालिका–१०, पटुवाका ३३ वर्षीय राजन चिदी र रुपन्देहीको देवदह-२, खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका तानसेन नगरपालिका–१०, पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएसंगै मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।


