Advertisement Banner
Advertisement Banner

०९ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विश्व जल तथा मौसम दिवस मनाइँदै

०९ सोमबार , चैत्र २०८२३ घण्टा अगाडि

विश्व जल तथा मौसम दिवस मनाइँदै

प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व जल तथा मौसम दिवस आज नेपाल लगायत विश्वभर विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ । सन् १९५० मा आजैकाे दिन विश्व मौसम विज्ञान संगठनको स्थापना भएको र त्यही दिनकाे सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालले ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाउँदै छ । त्यसैगरि नेपालले मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्त्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्ने बताइएकाे छ ।

विश्व मौसम दिवसकाे अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ ।