Advertisement Banner
Advertisement Banner

२४ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुनको मूल्य निरन्तर घट्दो

०९ सोमबार , चैत्र २०८२५ महिना अगाडि

सुनको मूल्य निरन्तर घट्दो

नेपाली बजारमा पछिल्लाे समय सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ । जुन मूल्य हिजाे आइतबारको तुलनामा ६ हजार ५ सय रुपैयाँ कम हो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । हिजाे तोलाकाे ४ हजार ५ सय ४० रुपैयाँ कायम भएको आज चाँदी घटेर ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।